६भाद्र,२०८२ः अस्ट्रेलियामा जारी टप एण्ड टी–२० सिरिज अन्तर्गत आफ्नो छैटौँ खेलमा पाकिस्तान साहिन्सविरुद्ध नेपाललाई सातौं सफलता मिलेको छ । नेपाललाई सातौं सफलता अनुभवी तीव्र गतिका बलर सोमपाल कामीले दिलाए ।
उनले १२.३ ओभरमा मेहरान मुमताजलाई १० रनमा आउट गरे । नेपाललाई पाँचौं र छैटौँ सफलता फास्ट बलर नन्दन यादवले दिलाए । उनले १०.१ ओभरमा यही प्रतियोगितामा शतक प्रहार गरिसकेका अब्दुल समदलाई २६ रन तथा उक्त ओभरको चौथो बलमा मुबासिर खानलाई तीनमा रनमा आउट गरे । नेपाललाई चौथो तीव्र गतिका बलर सफलता सोमपाल कामीले दिलाए । उनले ८.३ ओभरमा गाजी घोरीलाई चार रनमा बोल्ड गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?