You are currently viewing भारतको अहमदाबादमा विमान उडेको दुई मिनेटमै भुईमा झर्यो ,जहाँजमा थिए २४२ जना यात्रु सवार /@Air India plane crashes in Ahmedabad

भारतको अहमदाबादमा विमान उडेको दुई मिनेटमै भुईमा झर्यो ,जहाँजमा थिए २४२ जना यात्रु सवार /@Air India plane crashes in Ahmedabad

जेठ २९,धनगढी भारतको गुजरातस्थित अहमदाबाद विमानस्थल नजिकै एउटा ठूलो विमान दुर्घटनामा परेको छ । बिहीबार दिउँसो अहमदाबादको मेघानीनगर क्षेत्रमा विमान दुर्घटनाग्रस्त भएको हो । हमदाबाद विमानस्थलबाट लन्डनका लागि उडेको एयर इन्डियाको विमान उडान भरेको केही समयपछि नै दुर्घटनाग्रस्त भएको इन्डियाका सञ्चार माध्यमहरुले लेखेका छन ।

बोइङ ७८७(८ ड्रीमलाइनर विमानमा चालक दलका सदस्यसहित २४२ जना यात्रु सवार थिए । दुर्घटनाको बारेमा थप विवरण आउन बाँकी रहेकोले उक्त क्षेत्रबाट प्राप्त दृश्यहरूले हावामा बाक्लो कालो धुवाँ देखिएको जनाइएको छ । दुर्घटनापछि सातवटा दमकल सहित आपतकालीन सेवाहरू घटनास्थलमा पुगेका छन् ।

भारतको गुजरात राज्यको अहमदाबादमा दुर्घटनाग्रस्त एयर इण्डियाको जहाजमा ५३ जना बेलायती नागरिक रहेको पुष्टि भएको छ । विमानमा १६९ भारतीय नागरिक सवार थिए । एक जना क्यानडेली नागरिक रहेको समेत भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पोर्चुगलका ६ जना नागरिक रहेको समेत पुष्टि भारतीय सञ्चारमाध्यमले गरेका छन् ।भारतीय समय अनुसार अहमदावाद विमानस्थलबाट १ बजेर ३८ मिनेटमा उडेको जहाज दुई मिनेटमै भुईमा झरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply