You are currently viewing राष्ट्रपति भवन शीतल निवासमा पनि आगजनी

राष्ट्रपति भवन शीतल निवासमा पनि आगजनी

२४ भाद्र,२०८२ः जेनजी आन्दोलनकारीले राष्ट्रपति भवन शीतल निवासमा आगजनी गरेका छन् । काठमाण्डौको बानेश्वरमा रहेको संसद भवन, सिंहदरबार, विशेष अदालत हुँदै प्रधानमन्त्री निवास बालुवाटारमा आगजनी गरेका जेनजी पुस्ताले महराजगञ्जमा रहेको राष्ट्रपति भवनमा पनी आगजनी गरेका हुन् । जेनजी पुस्ताले स्वस्फूर्तः आह्वान गरेको आन्दोलन आज दोस्रो दिन पनि चलिरहेको छ ।

हिजो १९ जनाको ज्यान गएपछि अवस्था थप जटिल बनेको छ । आन्दोलनको दोस्रो दिन काठमाण्डौ उपत्यकासहित देशैभर प्रदर्शन, तोडफोड र आगजनीका घटना भएका छन् । आज प्रदर्शनकारीले सिंहदरबारको मूल गेटमा आगजनी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply