जेठ २१,धनगढी : नेपालले आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाको दोस्रो खेलमा नेदरल्यान्डविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । खेल स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा नेदरल्यन्ड्सका कप्तान स्कट एड्वार्डले टस जितेर ब्याटिङको निर्णय लिए ।

पहिलो खेलमा घरेलु टोली स्कटल्यान्ड विरुद्ध एक विकेटको रोमाञ्चक जित निकालेको नेपालले दोश्रो खेलमा पनि सो लयलाई निरन्तरता दिने सोचमा छ ।यसैगरी यो शृंखलाको पहिलो खेल खेल्दै गरेको नेदरल्यान्ड्स पनि सुखद सुरुआतको लक्ष्यमा छ ।

नेपाल र नेदरल्यान्ड्सबीच हालसम्म पाँच एकदविसीय अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा नेदरल्यान्ड्स तीन तथा नेपाल दुई खेलमा विजयी भएका छन् । नेदरल्यान्ड्स २० खेलमा २६ अंकका साथ दोस्रो स्थानमा छ ।

नेपाल १३ खेलबाट आठ अंकका साथ सातौं स्थानमा छ । ताजा अवस्थामा ५ ओभरको खेल सकिदा नेदरल्यन्ड्सले २ विकेट गुमाएर मात्र १७ रन बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?