You are currently viewing शान्तिपूर्ण समाधानका लागि पहल गर्न राष्ट्रपतिसमक्ष पत्रकार महासङ्घको आग्रह

शान्तिपूर्ण समाधानका लागि पहल गर्न राष्ट्रपतिसमक्ष पत्रकार महासङ्घको आग्रह

२६भाद्र,२०८२ः नेपाल पत्रकार महासङ्घले सङ्क्रमणकालीन अवस्थाको अन्त्यसहित शान्तिपूर्ण समाधानका लागि पहल गर्न राष्ट्रपतिसमक्ष आग्रह गरेको छ ।  महासङ्घका अध्यक्ष निर्मला शर्माले आज विज्ञप्ति निकालेर मूलतः संविधानले निर्धारण गरेको प्रक्रिया र संस्थाहरूमार्फत समाधान खोज्न माग गरेका हुन् । यस्तै कानून व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एसोसिएशनले अहिलेको संविधानभित्रकै प्रक्रियाबाट देशको राजनीतिक निकास खोज्न राष्ट्रपतिको ध्यानाकर्षण गराएको छ ।


यस्तै विभिन्न पार्टी निकट विद्यार्थी सङ्गठनका १२ जना पूर्वअध्यक्षलगायतका विद्यार्थी नेताहरूले संविधानका आधारमा ‘जेन–जी’ युवाको माग सम्बोधन गर्नुपर्ने धारणा राखेका छन् । यस्तै बृहत् नागरिक आन्दोलनले संविधानका संरक्षक राष्ट्रपतिको अभिभावकत्वमा ‘जेन–जी’ क्रान्तिको सफलताको बाटो पहिल्याउनु आजको आवश्यकता भएको ठहर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply