You are currently viewing संकटमा सुदूरपश्चिम,पावर प्लेमै गुमायो ४ विकेट

संकटमा सुदूरपश्चिम,पावर प्लेमै गुमायो ४ विकेट

सुदूरपश्चिम रोयल्सले खराब सुरुवात गरेको छ । ६ ओभरको खेल सकिदा उस्ले मात्र २७ रन जोडेर महत्वपूर्ण ४ विकेट गुमाएको छ । सुदूरपश्मिका लागि जोस ब्राउन र विनोद भण्डारी ० रनमा आउट भएका छन भने क्रिस लेन १० बलमा २ रन बनाएर पवेलियन फर्किएका छन । त्यस्तै इसान पाण्डेय ९ बलमा ११ रन बनाएर भर्खरै आउट भएका छन ।

काठमाण्डु गोर्खाजका लागि कप्तान करन केसीले २ ओभर बलिङ गर्दै मात्र २ रन खर्चेर ३ विकेट चट्काएका छन भने मिलन्द कुमारले १ विकेट चटेकाए । अहिले कृजमा कप्तान दिपेन्द्र सिंह ऐरी र आरिफ शेख रहेका छन ।

सुदूरपश्चिम रोयल्सले प्रतियोगीतामा पहिलो खेल खेलिरहेको छ भने काठमाण्डु गोर्खाजले पहिलो खेलमा साविक विजेता जनकपुर बोलटुलाई ५ विकेटले हराउँदै सुखद सुरुवात गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply