You are currently viewing सुदूरपश्चिम प्रदेशस्तरीय यु-१९ टी–२० महिला क्रिकेट प्रतियोगिता भोलिदेखि,विजेता टिमले नगद २ लाख प्राप्त गर्ने

सुदूरपश्चिम प्रदेशस्तरीय यु-१९ टी–२० महिला क्रिकेट प्रतियोगिता भोलिदेखि,विजेता टिमले नगद २ लाख प्राप्त गर्ने

असार ११,धनगढी : धनगढीमा यु–१९ टी–२० महिला क्रिकेट प्रतियोगिता भोलिदेखि सुरु हुने भएको छ। सुदूरपश्चिम प्रदेश खेलकुद परिषदको आयोजनामा हुन लागेको प्रतियोगिता प्रदेशस्तरीय स्तरमा हुन लागेको हो । प्रतियोगीतमा बाजुरा बाहेक ८ जिल्लाका टिमहरूको सहभागिता रहनेछ।

आयोजक सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका अनुसार प्रतियोगितामा कुल ८ वटा टिमहरूले प्रतिस्पर्धा गर्नेछन् । जसमा कैलाली, कञ्चनपुर, डोटी, अछाम, बझाङ, बैतडी, दार्चुला र डडेल्धुराका महिला टोलीहरू सहभागी हुनेछन्। बाजुरा भने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघमा आबद्ध छैन ।

प्रदेश खेलकुद परिषदका सदस्य सचीव लोक बहादुर खड्का ( रबि) ले प्रतियोगिताको विजेताले नगद २ लाख सहित ट्रफी तथा मेडल पाउने जानकारी दिए । यस्तै उप(विजेताले नगद १ लाख सहित ट्रफी तथा मेडल प्राप्त गर्ने छन् । प्रतियोगितामा तृतीय र चौथो स्थान प्राप्त गर्ने टिमले नगद ५० हजार सान्त्वना पुरस्कार पाउने छन् ।परिषदका अनुसार प्रतियोगिताको उद्देश्य महिला क्रिकेट खेलप्रति युवतीहरूलाई आकर्षित गर्नु र प्रतिभाशाली खेलाडीहरू पहिचान गर्नु रहेको छ। प्रतियोगिता असार १९ गतेसम्म सञ्चालन हुने छ। खेलहरू प्रतिदिन बिहान र दिउँसो गरी दुई सत्रमा खेलाइनेछन्।

 

 

Leave a Reply