३ भाद्र,२०८२लोकश बमले अविजित २५ रनको आक्रामक बयाटिङ गरेपछि अस्ट्रेलियामा जारी टप इन्ड टी-२० शृंखलामा नेपालले होबर्ट हरिकेन्स एकेडेमीलाई १ सय ८१ रनको लक्ष्य दिएको छ ।

पामर्स्टनस्थित काजालिस एरिनामा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८० रनको योगफल तयार पार्यो ।नेपालका लागि आरिफ शेख सर्वाधिक ३५ रन बनाए । यस्तै, आसिफ शेखले २९, कुशल भुर्तेलले २७, लोकश बमले अविजित २५ र भीम सार्कीले १८ रन जोडे ।बलिङतर्फ होबर्टका निवेथन राधाकृष्णन र राफ म्याकमिलनले समान दुई विकेट लिए । त्यस्तै, मार्कस बेन, गाबे बेल र ब्राडली होपले समान एकरएक विकेट हात पारे ।
नेपाल जारी शृंखलामा पहिलो जितको खोजीमा छ । नेपाल नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२ रन, बंगलादेश ‘ए’ सँग ३२ रन र मेलबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?