कांग्रेस महाधिवेशन प्रतिनिधिका लागि बालरोग विशेषज्ञ डा.प्रदीप मिश्रद्वारा उम्मेदवारी घोषणा

धनगढी, कैलाली  : नवजात  शिशु तथा बालरोग विशेषज्ञ डा.प्रदीप मिश्रले नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधि (पेशागत विषय विज्ञ समूह )  पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।डा.मिश्रले केहिबेर अगाडि सामाजिक सञ्जाल मार्फत उक्त उम्मेदवारी सार्वजनिक गरेका हुन ।

धनगढी–५, कैलाली निवासी डा. मिश्रले स्वास्थ्य सेवामा प्राप्त लामो अनुभव, चिकित्सक समुदायको नेतृत्व र पेशागत आवाजलाई पार्टीको नीति तथा निर्णय प्रक्रियासम्म प्रभावकारी रूपमा पुर्‍याउने उद्देश्यसहित उम्मेदवारी दिएको बताएका छन्।

उनले स्वास्थ्य आफूले प्राप्त गरेको ज्ञान र अनुभवलाई नीति निर्माणमा उपयोग गर्ने, पेशागत समुदायको आवाजलाई लोकतान्त्रिक मूल्यका आधारमा संस्थागत बनाउने तथा संगठन सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गर्ने उल्लेख गरेका छन्।

चिकित्सकदेखि संगठनात्मक नेतृत्वसम्म :

डा.मिश्र यसअघि नेपाल चिकित्सक संघ (सुदूरपश्चिम शाखा) का पूर्व सचिव र पूर्व अध्यक्ष रहिसकेका छन्। साथै उनले जातान्त्रिक चिकित्सक संघका प्रदेश संयोजकको जिम्मेवारी समेत सम्हालिसकेका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पेशागत समूहबाट प्रतिनिधि चयन हुने प्रक्रियामा डा.मिश्रको उम्मेदवारीलाई अर्थपूर्ण रुपमा रूपमा हेरिएको छ। डा.मिश्रले सामाजिक सञ्जालमा पोष्ट गरेको १ घण्टा नबित्दै ४८ जनाले शेयर गरेका छन भने झण्डै ४०० जनाले कमेण्ट गर्दै शुभकामना व्यक्त गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top