धनगढी : विद्यार्थीको भविष्यसँग प्रत्यक्ष रूपमा जोडिएको समसामयिक विषय “AI अर्थात् Artificial Intelligence: विद्यार्थीका लागि अवसर कि चुनौती?” माथि केन्द्रित हुँदै Axis Podcast को विशेष प्रस्तुति सार्वजनिक गरिएको छ। “Every Voice Matters” भन्ने मूल भावनाका साथ तयार गरिएको उक्त Podcast मा इन्जिनियर रोशन श्रेष्ठ र कक्षा १२ विज्ञान, कम्प्युटर समूहकी विद्यार्थी अनुष्का रोकाया बीच AI को वर्तमान प्रयोग, विद्यार्थीका लागि उपलब्ध अवसर तथा यसबाट उत्पन्न हुन सक्ने चुनौतीका विषयमा अर्थपूर्ण संवाद गरिएको छ। उक्त पोडकास्ट एक्सिस विद्याश्रमको फेसबुक पेजबाट सार्वजनिक गरेको छ ।

संवादका क्रममा AI ले कठिन विषय बुझ्न, नयाँ जानकारी खोज्न, अध्ययन सामग्री व्यवस्थित गर्न तथा सिकाइलाई थप प्रभावकारी बनाउन सहयोग पुर्याउन सक्ने विषयमा चर्चा गरिएको छ। साथै, AI माथिको अत्यधिक निर्भरताले विद्यार्थीको आफ्नै सोच्ने, लेख्ने, सिर्जना गर्ने तथा समस्या समाधान गर्ने क्षमतामा असर पर्न सक्ने सम्भावनातर्फ पनि ध्यानाकर्षण गराइएको छ।
Podcast मा AI लाई shortcut का रूपमा नभई learning tool का रूपमा प्रयोग गर्नुपर्ने, AI बाट प्राप्त जानकारीलाई आवश्यक रूपमा verify गर्नुपर्ने, विद्यालय तथा शिक्षकले निर्धारण गरेका शैक्षिक नियम र मापदण्डको पालना गर्नुपर्ने तथा आफ्नो creativity र critical thinking लाई सधैँ प्राथमिकतामा राख्नुपर्ने सन्देश दिइएको छ।
संवादमा भविष्यका रोजगारी र आवश्यक सीपका विषयमा समेत चर्चा गर्दै AI लाई विद्यार्थीको Replacement नभई learning partner का रूपमा लिनुपर्ने धारणा व्यक्त गरिएको छ। प्रविधिको विकाससँगै विद्यार्थीले नयाँ प्रविधिसँग परिचित हुनुका साथै मानवीय सिर्जनशीलता, आलोचनात्मक सोच, समस्या समाधान र जिम्मेवार निर्णय गर्ने क्षमता पनि विकास गर्नुपर्नेमा जोड दिइएको छ।
यसै सन्दर्भमा Axis +2 संयोजक घनश्याम मलासीले Podcast सुरु गर्नुको उद्देश्य विद्यार्थीमा रहेका प्रतिभा, विचार, सिर्जनशीलता र सम्भावनालाई उजागर गर्दै उनीहरूलाई आफ्ना धारणा प्रस्तुत गर्ने अवसर प्रदान गर्नु रहेको जनाएका छन ।
उनले भने, “Podcast सुरु गर्नु भनेको केवल कार्यक्रम सञ्चालन गर्नु होइन; विद्यार्थीभित्र रहेको प्रतिभा र विचारलाई प्रस्तुत गर्ने, उनीहरूको आवाजलाई प्राथमिकता दिने र समसामयिक विषयमा आफ्ना धारणा व्यक्त गर्ने अवसर सिर्जना गर्नु हो।”
उनका अनुसार, विद्यार्थीको क्षमता केवल कक्षाकोठा र परीक्षाको नतिजामा मात्र सीमित नरही उनीहरूको विचार, अभिव्यक्ति, सिर्जनशीलता र नेतृत्व क्षमतासमेत उजागर गर्न आवश्यक भएकाले Axis Podcast लाई त्यसै दिशामा अघि बढाइएको हो।
AI सम्बन्धी संवादको निष्कर्षमा “भविष्य AI ले मात्र बनाउँदैन; AI लाई जिम्मेवारीपूर्वक प्रयोग गर्ने विद्यार्थीहरूले भविष्य बनाउँछन्” भन्ने सन्देश प्रस्तुत गरिएको छ।Axis Podcast ले आगामी दिनमा पनि विद्यार्थी, शिक्षक तथा विभिन्न क्षेत्रका व्यक्तित्वसँग समसामयिक, शैक्षिक तथा विद्यार्थीको भविष्यसँग सम्बन्धित विषयमा संवाद गर्दै विद्यार्थीको आवाजलाई प्राथमिकता दिने जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?