नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रतिनिधिमा डा. मेराज आलम अन्सारीको खुलातर्फ उम्मेदवारी घोषणा

धनगढी । नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रतिनिधिका लागि डा. मेराज आलम अन्सारीले खुला तर्फबाट उम्मेदवारी घोषणा गरेका छन्।

डा. अन्सारीले आफ्नो उम्मेदवारीमार्फत कांग्रेसको संगठनलाई थप सुदृढ, लोकतान्त्रिक र जनमुखी बनाउन भूमिका खेल्ने उद्देश्य रहेको बताएका छन्। उनले क्षेत्रीय प्रतिनिधिहरूसँग आफ्नो पक्षमा मत माग्दै महाधिवेशन प्रतिनिधिका रूपमा आफूलाई निर्वाचित गराउन आग्रह गरेका छन्।

डा. मेराज आलम अन्सारी चिकित्सा क्षेत्रसँगै सामाजिक तथा संस्थागत गतिविधिमा समेत सक्रिय रहेका छन । उनी निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरसँग आबद्ध वरिष्ठ जनरल सर्जनका रूपमा कार्यरत छन्।  उनी सर्जिकल सोसाइटी अफ नेपाल (SSN) सुदूरपश्चिम च्याप्टरको अध्यक्षको रुपमा पनि जिम्मेवारीमा छन ।

पछिल्ला केहिवर्षयतादेखि डा.अन्सारी नेपाली कांग्रेस सुदूरपश्चिमको संगठनात्मक गतिविधिमा पनि सकृय छन । पार्टीलाई आवश्यक पर्दा आफू जतिखेर पनि उपलब्ध रहँदै आएको भन्दै यसपटक सबै कार्यकर्ताहरुले आफूलाई महाधिवेशन प्रतिनिधिमा विजयी गरादिन हुन डा.अन्सारीले आग्रह गरेका छन ।

निर्वाचन समितिको कार्यतालिका अनुसार असोज १२ गते धनगढीमा क्षेत्रीय कार्य समिति, प्रदेश महाधिवेशन प्रतिनिधि (३४ जना), प्रदेश सभा कार्यसमिति र ३३ जना महाधिवेशन प्रतिनिधीको चयन हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top