You are currently viewing कैलाली कारागार घटना पछि कैदी भेट्न आउने आफन्तको भीडःभेटघाट प्रक्रियामा कडाइ

कैलाली कारागार घटना पछि कैदी भेट्न आउने आफन्तको भीडःभेटघाट प्रक्रियामा कडाइ

२५ श्रावण,२०८२ः कैलाली कारागारमा आज बिहानदेखि नै आफन्त भेट्न आउनेको भीड देखिएको छ। पछिल्ला दिनमा कारागारभित्रको घटनापछि कैदीबन्दीको अवस्था बारे चिन्ता व्यक्त गर्दै आफन्तजनहरू ठूलो संख्यामा कारागार परिसरमा पुगेका हुन्। कारागार प्रशासनका अनुसार भित्रको सुरक्षाब्यवस्था कडा पारिएको छ र भेटघाट प्रक्रियामा पनि कडाइ गरिएको छ। भेट्न आउनेहरूलाई पालैपालो भित्र जाने व्यवस्था गरिएको भए पनि भीडका कारण कारागार परिसरमा असहज परिस्थिति बनेको छ।

स्थानीय प्रहरी र कारागार सुरक्षाकर्मीहरू भीड नियन्त्रण र सुरक्षामा खटिएका छन्। भेटघाटका क्रममा आवश्यक कागजात र पहिचानपत्र अनिवार्य गरिएको कारागार प्रमुखले बताएका छन्। यसअघि, कारागारभित्र भएको विवाद र कैदीबन्दीबीचको झडपका कारण केही घाइते भएपछि आफन्तजनको चासो बढेको र जानकारी लिनको लागि ठूलो संख्यामा आउने क्रम सुरु भएको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply