२९भाद्र,धनगढीः जेनजीको आन्दोलनमा ज्यान गुमाएकाहरुलाई सरकारले शहीद घोषणा गरी उनीहरुका परिवारलाई १०÷१० लाख रुपैयाँको दरले राहत दिने भएको छ । आज पदभार ग्रहण गर्दै अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले यो निर्णयमा हस्ताक्षर गरेकीे छन् ।
प्रधानमन्त्रीको पदभार ग्रहण कार्यक्रमको अवसरमा मुख्यसचिव एकनारायण अर्यालले आन्दोलनका क्रममा ज्यान गुमाएकाको परिवारलाई १०÷१० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय भएको जानकारी दिए ।

जेनजी आन्दोलन र प्रदर्शनमा ज्यान गुमाउनेको सङ्ख्या ७२ जना पुगेको पनि उनले बताए । मुख्यसचिव अर्यालका अनुसार एक सय ९१ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?