२०औं एसियन गेम्स : इन्डोनेसियासँग पनि हार व्यहोरेपछि नेपाली महिला भलिबल टोली समूह चरणबाटै बाहिरियो

जापानको आइची–नागोयामा जारी २०औं एसियन गेम्स २०२६ अन्तर्गत महिला भलिबलको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । क्वाटरफाइनलको सम्भावना कायम राख्न जित्नैपर्ने खेलमा खेलमा नेपाल इन्डोनेसियासँग ३-० को सोझो सेटमा पराजित भएको हो ।

पहिलो सेट २५-१२ ले गुमाएको नेपालले दोस्रो सेटमा भने राम्रो प्रदर्शन गरेको थियो । यद्यपी दोस्रो सेटमा नेपाल २५-२१ ले पराजित भयो ।

तेस्रो सेटमा पनि इन्डोनेसियाले लय कायम राख्दै सुरुवात देखि नै अग्रता लिएको थियो र अन्तिममा २५-२० ले सेट आफ्नो पक्षमा पार्दै खेल जितेको छ ।

समूह ए मा रहेको नेपाल यसअघि पहिलो खेलमा आयोजक जापानसँग सोझो सेटमा पराजित भएको थियो । पहिलो सेटमा २५-८ ले पराजित भएको नेपालले दोश्रो सेट २५-१२ तथा तेस्रो सेट २५-११ ले गुमाएको थियो ।

तीन टोली मात्रै रहेको समूह ए मा नेपालले लगातार दुई खेल हारेपछि घरेलु टोली जापान र इन्डोनेसिया एक खेल अगावै क्वाटरफाइन प्रवेश गरेका छन् । अब यी दुईबीच हुने खेल समूह विजेता बन्नका लागि निर्णायक हुनेछ ।

समूहको दुवै खेलमा पराजित भएपछि नेपालको क्वाटरफाइनल पुग्ने सम्भावना सकिएको छ । अब नेपालले नवौं देखि १४औं स्थानका लागि हुने क्लासिफिकेसन म्याच खेल्नुपर्नेछ । २०औं एसियन गेम्सको महिला भलिबलमा एसियाका उत्कृष्ट १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top