You are currently viewing कैलालीमा निषेधाज्ञा जारी

कैलालीमा निषेधाज्ञा जारी

२४ भाद्र,२०८२ः कैलाली जिल्लामा शान्ति सुरक्षा कायम राख्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम निषेधाज्ञा जारी गरिएको छ।
जिल्ला प्रशासन कार्यालय, कैलालीका प्रमुख जिल्ला अधिकारी कृषणप्रसाद भुसालले २०८२ भदौ २४ गते अपराह्न १२ः१० बजेदेखि अर्को आदेश जारी नभएसम्मको लागि निषेधाज्ञा लागू हुनेगरी आदेश जारी गरेका हुन्।

आदेशअनुसार शान्ति सुरक्षा र जनजीवन सहज बनाउन जिल्ला भित्र सार्वजनिक जमघट, कोणसभा, सभा, जुलुस, प्रदर्शन, धर्ना, बैठक लगायतका गतिविधि गर्न रोक लगाइएको छ।

 

जारी आदेशअनुसार निषेधित क्षेत्रहरू:

प्रदेश प्रमुखको कार्यालय र निवास क्षेत्र

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा वरपरको क्षेत्र

सबै प्रदेश मन्त्रालय र निवास क्षेत्र

पूर्व प्रधानमन्त्री निवास क्षेत्र

विभिन्न सरकारी कार्यालयहरू

विभिन्न राजनीतिक दलका पार्टी कार्यालय क्षेत्र

पुष्पलाल चौक क्षेत्र,डिभोटी होटल आसपासको क्षेत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply