धनगढी ८ कान्तिपुर टोलमा रहेको डिस्कभरी माध्यमिक विद्यालयले आधारभुत तह अन्तर्गत पालिका स्तरीय कक्षा ८ को वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हाँसिल गरेको छ । शुक्रबार प्रकाशित नजिता अनुसार डिस्कभरीका लोकजन बोहराले ४.० जिपिए प्राप्त गरेका छन् । त्यस्तै ३.६ देखि ४.० जिपिएसम्म ३६ जना उत्तीर्ण भएका छन् । त्यस्तै ३.२ देखि ३.६ जिपिएसम्म ४९ जना र २.८ देखि ३.२ जिपिएसम्म ६ जना गरि जम्मा ९५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको विद्यालयका संस्थापक प्रीन्सिपल योगेन्द्र बहादुर सिंहले जानकारी दिए ।

योगेन्द्र बहादुर सिंहले नेतृत्व सम्हालेपछि डिस्कभरी माध्यमिक विद्यालयले धनगढीमा छोटो समयमै छुट्टै पहिचान बनाइसकेको छ । आफ्नै सुविधा सम्पन्न विशाल भवनबाट अध्यापन गराइरहेको डिस्कभरी पढाईसँगसँगै अतिरिक्त क्रियाकलापमा पनि अगाडि छ । विद्यालयले यसैवर्षबाट कक्षा ११ को पनि अनुमति प्राप्त गरिसकेको विद्यालय प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?