You are currently viewing आधारभुत तहको वार्षिक परीक्षामा धनगढीको गुरुकुल एकेडेमीको सय प्रतिशत नतिजा

आधारभुत तहको वार्षिक परीक्षामा धनगढीको गुरुकुल एकेडेमीको सय प्रतिशत नतिजा

चैत्र २९,धनगढी : धनगढी उपमहानगरपालिका वडा न ४ मा रहेको गुरुकुल एकेडेमीले आधारभुत तहमा सय प्रतिशत नतिजा ल्याएको ६ । धनगढी उपमहानगरपालिकाले बुधबार सार्वजनिक गरेको नतिजा प्रकाशनमा गुरुकुलबाट वार्षिक परीक्षामा सहभागी सबै विद्यार्थीहरुले उत्कृष्ट नतिजा ल्याएका हुन । कक्षा ८ को वार्षिक परीक्षामा ४५ जना सहभागी भएकोमा सबैभन्दा कम जिपिए ल्याउने विद्यार्थीले पनि ३.५ जि.पिए.प्राप्त गरेको र ३.९ जि.पिए.ल्याउने विद्यार्थी पनि ९ जना रहेको विद्यालयकी संस्थापक प्राचार्य सुनिता स्वाँर सुरीले बताइन ।

नतिजा प्रकाशनपछि प्राचार्य सुरीले आफूले वर्षभरी अत्यन्तै मिहनेत गरेको परिणाम राम्रो आउँदा अत्यन्तै खुशी लागेको बताउँदै उतिर्ण सबै विद्यार्थीहरुलाई बधाई दिएकी छन । उनले पछिल्लो समय आधारभुत तहको परीक्षाको स्वामित्व स्थानीय तहले लिएकोले पनि परीक्षा पारदर्शि भएको बताएकी छन । २०५२ सालमा स्थापना भएको गुरुकुल एकेडेमी गुणस्तरीय शिक्षा र उत्कृष्ट नतिजाका कारण सुदूरपश्चिमभरी लोकप्रिय छ । अघिल्लो शैक्षिक सत्रको कक्षा १० को परिक्षामा पनि उपमहानगरभित्रका समाुदायिक र संस्थागत विद्यालयहरु मध्येबाट सय प्रतिशत नतिजा ल्याएको भन्दै धनगढी उपमहानगरपालिकले एक कार्यक्रमका बीच गुरुकुल एकेडेमी र मयुर स्कुललाई सम्मान गरेको थियो ।

पहिलो प्रवेश परीक्षामै १०० जना सहभागी
कक्षा ८ र १० को वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याएकै कारण गुरुकुल एकेडेमीमा यसवर्ष भर्ना हुन चाहानको पनि भिड बढ्न थालेको छ । शुक्रबारको पहिलो प्रवेश परीक्षामा १०० जना भन्दा पनि विद्यार्थी सहभागी भएको गुरुकुल एकेडेमी प्रशासनले जनाएको छ । दोश्रो प्रवेश परीक्षामा वैशाख ३ गते राखिएको छ ।

पहिलो प्रवेश परीक्षामा सहभागी विद्यार्थीहरु

 

Leave a Reply