धनगढी ५ हसनपुरमा रहेको ग्यालेक्सी माध्यमिक विद्यालयका दुई विद्यार्थीले आधारभुत तहको वार्षिक परीक्षामा ४ जिपिए ल्याएका छन । धनगढी उपमहानगरपालिकाले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार ग्यालेक्सीका आयोनिज महरा र प्राञ्जु बिष्टले ४ जिपिए प्राप्त गरेका छन ।

धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको कक्षा ८ को वार्षिक परीक्षामा ग्यालेक्सी माध्यमिक विद्यालयबाट १०५ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा १०४ जना उत्तीर्ण भएको संस्थापक प्रिन्सिपल छत्रराज पण्डितले जानकारी दिए । प्रिन्सिपल पण्डितका अनुसार ३.६१ देखि ४.० जिपिएसम्म ५७ जना,३.२१ देखि ३ं.६० जिपिएसम्म ३५ जना र २.८१ देखि ३.२० जिपिएसम्म १२ जना उत्तिर्ण भएका हुन ।
कुशल व्यवस्थापनका साथ लामो समयदेखि धनगढीमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको ग्यालेक्सी माध्यमिक विद्यालयले एसर्ईई र कक्षा १२ को वार्षिक परीक्षामा पनि उत्कृष्ट नतिजा दिदै आएको छ ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?