You are currently viewing कैलाली-५ का कांग्रेस उम्मेदवार मनुको चुनावी गीत सार्वजनिक

कैलाली-५ का कांग्रेस उम्मेदवार मनुको चुनावी गीत सार्वजनिक

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार नर नारायण शाह ‘मनु’को आधिकारिक चुनावी गीत सार्वजनिक गरिएको छ ।

“युवाको आशा” बोलको गीत सार्वजनिक भएसँगै चुनावी अभियानलाई थप गतिशील बनाउने अपेक्षा गरिएको छ । गायक, गीतकार तथा संगीतकार कमल रेग्मीको शब्द तथा संगीतमा तयार गरिएको गीतमा स्वयम् रेग्मी र राजु चौधरीलगायतका गायक/गायिकाको स्वर रहेको छ।

गीतको कम्पोज र एरेन्ज पनि राजु चौधरीले नै गरेका हुन्। नेपाली र थारु भाषाको मिश्रणमा आधुनिक शैलीमा तयार पारिएको गीतमा युवा पुस्ताको भावना, परिवर्तनको चाहना र विकासप्रतिको आकांक्षा समेटिएको छ ।

उम्मेदवार नर नारायण शाह ‘मनु’ले युवाको ऊर्जा र सपनालाई केन्द्रमा राखेर गीत निर्माण गरिएको बताउँदै यसले चुनावी अभियानलाई जनस्तरसम्म पुर्‍याउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। उनले अभियानलाई सिर्जनात्मक र सकारात्मक बनाउने उद्देश्यले गीत सार्वजनिक गरिएको पनि बताए।

गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया आउन थालेका छन्। समर्थक तथा स्थानीय युवाहरूले गीतले परिवर्तन र विकासको सन्देश बोकेको उल्लेख गर्दै चुनावी माहोललाई उत्साहपूर्ण बनाउन प्रभावकारी माध्यम बन्ने अपेक्षा गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply