You are currently viewing घरेलु टोली स्कटल्यान्डविरुद्ध नेपालले टस जित्यो /@Toss Update / NEP vs SCO

घरेलु टोली स्कटल्यान्डविरुद्ध नेपालले टस जित्यो /@Toss Update / NEP vs SCO


असार ३,धनगढी : नेपालले त्रिकोणात्मक ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको आफ्नो दोस्रो खेलमा घरेलु टोली स्कटल्यान्डविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।स्कटल्यान्डको टिटउट रंगशालामा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर ब्याटिङको निर्णय लिए ।

नेपाल पहिलो जितको लक्ष्यमा छ । नेपालले पहिलो खेलमा सोमबार तेस्रो सुपर ओभरमा नेदरल्यान्ड्ससँग हार व्यहोरेको थियो । अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा तेस्रो सुपर ओभरमा गएको यो पहिलो खेल हो ।

नेपालले ट्वान्टी(२० अन्तर्राष्ट्रियमा पहिलो पटक स्कटल्यान्ड्सको सामना गर्न लागेको हो । यसैगरी यी दुई टोली १२ वर्षपछि ट्वान्टी(२० खेलमा आमने(सामने हुँदैछन् ।

पछिल्लो पटक सन् २०१३ मा भएको खेलमा स्टकल्यान्ड आठ विकेटले विजयी भएको थियो । यता स्कटल्यान्ड लगातार दोस्रो जितको खोजीमा छ । स्कटल्यान्डले पहिलो खेलमा नेदरल्यान्डलाई ३९ रनले पराजित गरेको थियो ।

Leave a Reply