You are currently viewing धनगढीमा १०० भन्दा बढी युवा राप्रपामा प्रवेश,उम्मेदवार शाही भन्छन जित्ने लक्षण देखियो

धनगढीमा १०० भन्दा बढी युवा राप्रपामा प्रवेश,उम्मेदवार शाही भन्छन जित्ने लक्षण देखियो

धनगढीमा १०० भन्दा बढी युवा राप्रपामा प्रवेश गरेका छन । राप्रपाबाट कैलाली क्षेत्र न ५ का उम्मेदवार रोशन शाहीका अनुसार वडा न.७ देवरीयामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा धनगढीका १०० भन्दा बढी युवा आफूलाई समर्थन गर्न पार्टी प्रवेश गरेको भन्दै आफूमा उत्साह थपिएको बताए ।

पार्टी प्रवेश गर्नेहरुमा नेहाल घिमिरे,आर्यन भट्ट,लक्ष्मण सिंह,सुमित बोहरा,समिर पार्की,धनराज भट्ट,दिपक पौडेल,योगेश खड्का,अबिर सिंह भुल,दिपक जोशी,अरुण थापा,कुलदिप चन्द्र थलारी,तपेन्द्र बोहरा,बिट्टु शाह,धनराज भट्ट लगायत पार्टी प्रवेश गरेको शाहीले बताए ।

कैलाली क्षेत्र न.५ मा माघ ६ गते उम्मेदवारी दर्ता गराएका युवा रोशन अहिले घरदैलो अभियानमा सकृय छन । फर्निचर व्यवसायी शाही कैलाली फर्निचर व्यवसायी संघका उपाध्यक्ष हुन भने कोभिड १९ लगायत विभिन्न पर्यटन सम्बन्धी क्याम्पियनहरुको नेतृत्व गरेका युवा हुन । पहिलोपटक संसदीय निर्वाचन लडिरहेका शाही राजसंस्था सहितको हिन्दुराज्य पुर्नस्थापनाको मुख्य माग सहित चुनाबी मैदानमा होमिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply