You are currently viewing धनगढी उपमहानगरपालिका वडा न १४ को रंगशालामा ग्रासरुट फुटबल विकास कार्यक्रमको नगरप्रमुख हमालद्वारा उद्घाटन

धनगढी उपमहानगरपालिका वडा न १४ को रंगशालामा ग्रासरुट फुटबल विकास कार्यक्रमको नगरप्रमुख हमालद्वारा उद्घाटन

कैलालीको धनगढीमा ग्रासरुट फूटबल विकास कार्यक्रमको उद्घाटन गरिएको छ । सनिबार धनगढी उपमहानगरपालिका वडा न १४ मा रहेको रंगशाला नगरप्रमुख गोपाल हमालले एक भव्य कार्यक्रमका बीच उद्घाटन गरेका हुन । उद्घानपछि बोल्दै नगरप्रमुख हमालले खेलकुद र युवा धनगढी उपमहानगरपालिकाको प्राथमिकतमा नै पर्ने गरेको बताए ।

धनगढी उपमहानगरपालिकाको विशेष कार्यक्रम र कैलाली जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा धनगढी उपमहानगरपालिकाका वडाहरुमा संचालित उक्त ग्रासरुट फुटबल विकास कार्यक्रमको विधिवत रुपमा सुरुवात भएपछि फुटबलप्रेमी दर्शक र लाभाम्वित वर्ग खेलाडीहरुमा उत्साह थपिएको छ ।

कैलाली जिल्ला फुटबल संघमा अनिल मल्लको नेतृत्वमा नयाँ कार्यसमिति आएपछि पछिल्ला केहिवर्षदेखि कैलालीमा फुटबलजन्य गतिविधि निकै चलायमान भैरहेको छ ।


उक्त कार्यक्रममा अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रिय सदस्य अनिल मल्ल,कैलाली जिल्ला फुटबल संघका पदाधिकारीहरुका साथै ग्रासरुट फुटबल विकास कार्यक्रमको अवलोकनका लागि सयौंको संख्यामा बालबालिकाका र अभिभावकहरुको बाक्लो उपस्थिती रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply