You are currently viewing धनगढी क्रिकेट एकेडेमीद्धारा प्लेयर अफ द मन्थ उत्कृष्ट दुई खेलाडी सम्मानित

धनगढी क्रिकेट एकेडेमीद्धारा प्लेयर अफ द मन्थ उत्कृष्ट दुई खेलाडी सम्मानित

२भाद्र २०८२ः धनगढी क्रिकेट एकेडेमी (डिसीए) ले ‘प्लेयर अफ द मन्थ – असार’ को रुपमा दुई उत्कृष्ट खेलाडीहरूलाई चयन गर्दै सम्मानित गरेको छ। पुरुष तर्फ सक्षम पाण्डे र महिला तर्फ नीलम पाण्डेलाई प्रमाणपत्र र पदक प्रदान गरी सम्मान गरिएको हो।
डीसीएका प्रशिक्षक टोली र व्यवस्थापनद्वारा उनीहरूको प्रदर्शन, अनुशासन, र निरन्तर अभ्यासको मूल्यांकनका आधारमा चयन गरिएको जानकारी दिइएको छ।


यस्तो किसिमको सम्मानले खेलाडीहरूमा आत्मविश्वास बढाउनुका साथै आगामी दिनमा अझ बढी मेहनत गर्न प्रेरणा दिने विश्वास गरिएको छ।
धनगढी क्रिकेट एकेडेमीले यस्ता कार्यक्रमको माध्यमबाट खेलाडीहरूमा आत्मबल वृद्धि, खेलप्रति समर्पण, र जिम्मेवारीको भावना विकास गर्ने लक्ष्य लिएको छ। भने सम्मानित खेलाडीहरू अन्य प्रशिक्षार्थीहरूका लागि प्रेरणा बन्ने विश्वास लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply