You are currently viewing साफ यू–१७ वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज भारतसँग खेल्दै

साफ यू–१७ वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज भारतसँग खेल्दै

१३ भाद्र २०८२ः साफ १७ वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज भारतसँग खेल्दैछ । खेल भूटानको थिम्पुमा नेपाली समयअनुसार बेलुकी सवा ६ बजे शुरु हुनेछ ।
नेपाल प्रतियोगिताको उपाधि जित्ने होडबाट बाहिरिसकेको छ । यसअघि नेपाल पहिलो खेलमा भारतसँग, तेश्रो र चौथो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो । यस्तै दोस्रो खेलमा भूटानलाई हराएको थियो ।
प्रतियोगितामा नेपाल, भूटान, भारत र बङ्गलादेश सहभागी छन् । डबल राउन्ड रोबिन लिगका आधारमा चलिरहेको प्रतियोगितामा लिग चरणपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । नेपालले पर्सि आइतवार आफ्नो अन्तिम खेलमा भूटानसँग खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply