जेठ २८,धनगढी : चुरे गाउँपालिका वडा नं ३ मा रहेको बसर युवा क्लबका अध्यक्ष गणेश देउवाले फरक शैलीमा जन्मदिन मनाउने गरेका छन् कहिले वृद्धाश्रम गएर होस् कहिले गरिव जेहेन्दार विद्यार्थीलाई शैक्षीक सामग्री वितरण गरेर तर यो पाली चुरेको वातावरणलाई मध्य नजर गरी ओटा नयाँ अभियानका साथ विभिन्न सार्बजनिक ठाउँमा आफै गएर डस्टविन वितरण गरेर मनाएका छन् । जन्मदिनमा पार्टी भोज भन्दा सदै यस्तो कामलाई रोज्ने गर्दछन्।
चुरेलाई हरियाली र स्वच्छ बनाउने लक्ष्यसहित सार्वजनिक स्थानहरू जहाँ मानिसहरुको भीडभाड हुने ठाउँमा डस्टविनहरू हस्तान्तरण गरेका हुन्। सफा सुन्दर चुरे हाम्रो अभियानू भन्ने मूल नाराका साथ आफु काम गरेको क्लबको नाम लेखेर, ओटा नयाँ अभियानको पनि सुरूवात गरेका छन् ।
जसले सफाई र वातावरण संरक्षणमा ठूलो सहयोग पुग्ने र सामाजिक कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह हुनेछ।जन्मदिनमा भोज वा पार्टी गरेर खर्च गर्नुको साटो यस्तो कामले सामाजमा सकारत्मक हुने चुरे र विकासमा टेवा पुग्नेछ। विगतमा पनि विधालयलाई शैक्षीक सामग्री वितरण ,वृद्धाश्रम मा सहयोग गरी मनाउने गरेका छन् । आफ्नो जन्मदिनलाई जहिले पनि सामाजिक कार्यलाई अगाडि बढाएर मनाउने गरेका छन्। यो ओटा सानो कार्यले चुरे को वातावरण संरक्षणमा धेरै सहयोग मिल्ने छ ।
चुरेमा रहेको बसर युवा क्लबका युवाहरुले विभिन्न समयमा रचारात्मक कामहरु गर्दै आईरहेका छन्। स्वास्थ शिविर, वडा कप भलिबल देखि प्रदेश स्थरिय भलिबल सम्म चुरेमा पहिलो पटक कर्पोरेट स्थरको पेनाल्टी सुट आउट प्रतियोगिता ,गरीब र जेहेन्दार विद्यार्थीलाई कापी कलम झोला सहयोग,वृहत वृक्षरोपण कार्यक्रम,पर्यटन महोत्सब ,आमा समूहका माहिलाहरुलाई सेनेटरी प्याड वितरण, चुरेलाई खेल मार्फत चिनाएको भन्दै उत्कृट खेलाडी र दुर्गममा पनि उत्कृष्ट सेवा दिएको भन्दै स्वास्थ चौकीलाई सम्मान सामजिक कुरीति छुवाछुत अन्धविश्वास लगायत जनचेतना जस्ता कामहरु क्लबले गर्दै आईरहेको छ ।