धनगढी / कार्तिक ३ : धनगढी बसपार्क निकासद्वारमा रहेको सञ्जीवनी मोबाइल १८औं वर्षमा प्रवेश गरेको छ । सोमबार लक्ष्मी पूजाको दिन एक औपचारिक कार्यक्रम आयोजना गर्दै सञ्जीवनी मोबाइलले करिबन ५ करोड लगानीमा आफ्नै अत्याधुनिक भवनबाट सेवा सुरु गरेको छ ।

व्यापार पनि व्यवहार पनि भन्ने मुल मन्त्रका साथ आजभन्दा १८ वर्ष अगाढी सामान्य एउटा सटरबाट सुरुवात गरी अगाडी बढिरहेको सञ्जीवनी मोबाइल सुदूरपश्चिममका लागि विश्वसनिय नाम बनेको छ । नयाँ नयाँ कम्पनीका मोबाइलको होलसे तथा खुद्रा विक्री गरिरहेको सञ्जीवनी मोबाइल मर्मतका लागि पनि परिचित छ ।

हाल सञ्जीवनी मोबाइलमा २० जनाभन्दा बढीले प्रत्यक्ष रुपमा रोगजारी गरिरहेका छन । सञ्जीवनी मोबाइलका सञ्चालक सुवास बमले आफूले इमानदारपूर्वक लगनशिल भएर काम गरेकाले ग्राहकले पत्याएको बताएका छन । उनले देशमा केहि छैन,बर्बादै भयो भन्नेका लागि आफू उदाहरणको रुपमा पेश हुन चाहेको पनि बताए ।उक्त कार्यक्रममा उत्कृष्ट कर्मचारीहरुलाई पुस्कृत समेत गरिएको थियो ।

तीन दाजूभाइले संयुक्त रुपमा सञ्चालन गरेको सञ्जीवनी मोबाइल एकताको सन्देश पनि रहेको बमले बताएका छन । उनले भने हामी दाजुभाई मिलेर राम्ररी काम गरिरहेका छौं,गुजरा राम्रै चलिरहेको छ, हामी सम्पूर्ण नेपालीहरुमा पनि एकताबद्ध भएर देश समृद्ध बनाउनुतर्फ लाग्नुपर्ने सन्देश प्रवाह गर्न चाहान्छौं । सञ्जीवनी मोबाइलसँगै सुद्ध क्याफे पनि सञ्चालनमा आएको छ ।

सोमबार संरक्षक नर बहादुर बमको संयोजकत्वमा आयोजना भएको उक्त कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ योगगुरु लवदेव मिश्र,विशिष्ट अतिथिमा कैलाली उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष पुस्कर राज ओझा,पत्रकार महासंघ कैलालीका अध्यक्ष ,श्रवण देउवा, त्यसैगरी मोबाइल वितरक संघ सुदूरपश्चिमका अध्यक्ष सुरेश सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन सुदूरपश्चमाञ्चल एकेडेमीका उपप्राध्यापक बलराम भट्टले गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?