You are currently viewing धनगढीमा सुविधा सम्पन्न क्रिकेट मैदान बन्दै,३ महिनाभित्रै सञ्चालनमा ल्याइनेछ धनगढी ओभल

धनगढीमा सुविधा सम्पन्न क्रिकेट मैदान बन्दै,३ महिनाभित्रै सञ्चालनमा ल्याइनेछ धनगढी ओभल

सिटी अफ किक्रेटको उपमा पाएको धनगढीमा नयाँ क्रिकेट मैदान बन्ने भएको छ । धनगढी उपमहानगरपालिका वडा न.३ फाप्ला मैदान नजिकै करिबन ५ बिगाह क्षेत्रफलमा क्रिकेट मैदान बन्न लागेको हो । सोमबार सञ्चालक द्वय सुवास शाही र मोहन साउँदले सयुंक्त रुपमा उक्त क्रिकेट पार्कको विधिवत शिल्यानास गरेका हुन । ६ वटा पिच रहने उक्त क्रिकेट मैदानमा अन्तराष्ट्रिय मापदण्ड अनुरुप नै न्युनतम ६५ देखि अधिकतम ७५ मिटरसम्म बाउण्ड्री रहने सञ्चालक सुवास शाहिले बताए ।

पर्खाल निर्माणदेखि मैदान सम्याउने सम्मको काम सम्पन्न भैसकेको उक्त मैदानमा आजबाट पिच निर्माणको काम सुरु गरिएको छ । आउँदो तीन महिनाभित्रै सञ्चालनमा ल्याउने गरी काम भैइरहेको उक्त मैदानको पिच निर्माणदेखि सबै प्राविधिक काम रुपन्देहीमा सम्पन्न एष्टाटेक ओभल क्रिकेट मैदान तयार गरेका अन्तराष्ट्रिय पिच क्युरेटर माधव पाठकले गरिरहेका छन ।

शिल्यानासपछि बोल्दै सुवास शाहीले धनगढीको क्रिकेट चलायमान बनाउनका लागि यो मैदानले ठूलो भूमिका खेल्ने बताएका छन । उनले ठूलो लगानीमा बन्न लागेको फाप्ला मैदानको कामपनि इआइ अप्रुभ भएर अगाडि बढिसकेकाले अब बन्दैन की भनेर शंका मान्नुपर्ने कारण नरहेको बताएका छन । शाहीले फाप्ला मैदानमा ठूला प्रतियोगीता गराउँदा वरवर सहयोगी मैदान पनि चाहिने भएकाले निजी लगानीमा यो मैदान निर्माण गर्न लागेको पनि बताए ।

पहिलो चरणमा पिच निर्माण,इरिगेसन र ड्रेनेट प्रणाली जडानको काम हुनेछ । त्यस्तै दोश्रो चरणमा पवेलियन,चेन्जिङ रुम तथा नेट प्राइटिस गर्ने ठाउँ तयार गरिनेछ भने तेश्रो चरणमा प्याराफिट निर्माण र फ्लड लाइट जडानको काम सँगै मैदानको बाहिरपट्टीको भागमा फुड कर्नरदेखि लिएर अन्य व्यवसायिक स्टलहरु पनि तयार गरिने शाहीले बताए ।

पूर्व खेलाडि समेत रहेका शाही डेढ दशकदेखि लगातार क्रिकेटजन्य गतिविधिमा संलग्न छन । एसपिए कपबाट व्यवसायिक क्रिकेटको यात्रा थालनी गरेका शाहीले त्यसपछि नेपालमा पहिलोपल्ट अक्सन बेसमा आधारित धनगढी क्रिकेट लिग हुँदै धनगढी प्रिमियर लिग डिपिएल आयोजना गरे । पछिल्लो समय शाहीले अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगीता आयोजना गरिरहेका छन ।

फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माण तथा खेलग्राम विकास समितिका अध्यक्ष समेत रहेका शाही यस क्षेत्रकै अग्रेणी शैक्षिक संस्था एसपिए कलेजका प्रबन्ध निर्देशक पनि हुन । उक्त एसपिए कलेजले क्रिकेटर शेर मल्ल,कविता कुवँर र नारायण जोशीलाई बा्रण्ड एम्बास्डर बनाएको छ भने एसपिए कलेजकै स्वामित्वमा रहेको ब्रेड बक्स क्याफेले सिनियर क्रिकेटर विनोद भण्डारीलाई पनि एम्बास्डर बनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply