You are currently viewing NPL-2 : एनपिएलको मिनी अक्सनमा १५० खेलाडी, को-को होलान सोल्ड ?

NPL-2 : एनपिएलको मिनी अक्सनमा १५० खेलाडी, को-को होलान सोल्ड ?

२१ श्रावण,२०८२ : नेपाल प्रिमियर लिग (एनपिएल)  को दोस्रो संस्करणका लागि हुने मिनी अक्सनमा १५० खेलाडी समावेश हुने भएका छन् । एनपिएलमा सहभागी आठ टोलीले इच्छाएका तथा नेपाल क्रिकेट संघ(क्यान)को प्राविधिक टोलीले बनाएको मापदण्डमा रहेका १५० खेलाडीलाई अन्तिम सूचीमा समावेश गरिएको हो । अक्सनका लागि ४५८ खेलाडीले नामा दर्ता गरेका थिए ।

श्रेणी ‘ए’ मा ८ जना, ‘बी’मा ३५ तथा ‘सी’ मा १०७ खेलाडी छन् । तर अक्सनमा ३७ खेलाडीमा मात्र बोली लाग्नेछ । एनपिएलको पहिलो संस्करणको अक्सनबाट ८८ खेलाडी (मार्की समेत)  विभिन्न टोलीमा संलग्न थिए । अक्सनमा बोली लागेका ८८ खेलाडीमध्ये टोलीले दोस्रो संस्करणका लागि ५१ खेलाडीलाई निरन्तरता दिएका छन् ।अब मिनी अक्सनमा श्रेणी ‘ए’ का चार, ‘बी’ २३ र ‘सी’ १० खेलाडीमा मात्र बोली लाग्नेछ ।

फ्रेन्चाइज टोलीले श्रेणी ‘ए’ का खेलाडीका लागि १०-१५, बी’ का लागि ५-१० तथा ‘सी’ मा रहेकाका लागि २-५ लाख रुपैयाँ खर्चिन पाउने छन् । मिनी अक्सनमा १५० जना खेलाडीको नाम सार्वजनिक भएसँगै अब दर्शकहरुमा कैतुहलता बढेको छ की कुन कुन खेलाडी सोल्ड होलान,कुन कुन खेलाडी अनसोल्ड होलान ? भर्खरै प्रतिबन्धबाट फुकुवा भएका मोहम्द आदिल आलम,पहिलो संस्करणमै जनकपुर बोल्टस्लाई च्यामिपयन बनाउन महत्वपूर्ण भूमिका खेलेका शेर मल्ल,अर्जुन साउँद,पवन सरार्फ,देव खनाल,नारायण जोशी,सूर्य तामाङ लयागतका खेलाडीमा फ्रेञ्चाइज टोलीको पहिलो नजर रहनेछ ।

एनपिएलको मिनी अक्सन यहि आउँदो शनिबार हुँदैछ । नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिगको दोस्रो संस्करण आउँदो मसिंरमा आयोजना गर्ने तयारी गरेको छ । पहिलो संस्करणमा स्टार स्पोटर्सबाट प्रत्यक्ष प्रसारण,विदेशी ठूला नामका क्रिकेट खेलाडीको उपस्थिति,क्यानको उत्कृष्ट व्यवस्थापनले गर्दा एनपिएलले अत्याधिक चर्चा कमाएको थियो । पछिल्लो समय जोरतोरका साथ दोश्रो संस्करणको तयारी गरिरहेको क्यानले यसपटक फेरिएको टियु मैदानमा डे नाइट प्रतियोगीता गराउने तयारी गरेसँगै दर्शकहरु उत्साहित बनेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply