You are currently viewing आर्मी हेडक्वार्टरअघि भेला भएका जेन जीबीच नै कुटाकुट

आर्मी हेडक्वार्टरअघि भेला भएका जेन जीबीच नै कुटाकुट

२६भाद्र,२०८२ः जेनजी आन्दोलनको नाममा आगजनी, तोडफोड र लुटपाटपछि देश लगभग राज्यविहीन अवस्थामा रहेको हुँदा आन्दोलन आह्वानकर्ताबीच नै विवाद बढ्न थालेका छन् । सामाजिक सञ्जालमा जेनजीका अलग–अलग समूह देखिएका छन् ।
यसैक्रममा सैनिक मुख्यालयमा भेला भएका युवाहरूबीच नै कुटाकुट भएको छ । अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिने विषयमा समूहसमूहले छुट्टाछुट्टै नाम अघि सार्दा उनीहरूबीच नै लफडा भएको छ । विवाद बढ्दै गएपछि एक समूहले अर्को समूहकाहरूलाई खेटाइखेदाइ भकुरिरहेका छन् । त्यहाँ रहेका हाम्रा सहकर्मीका अनुसार हर्क साम्पाङलाई बनाउन नहुने भन्दै विरोध गरेपछि साम्पाङका समर्थकले कुटपिट गरेका हुन् । कसैले सुशीला कार्की, कसैले कुलमान, कसैले बालेन त कसैले हर्क साम्पाङको नाम लिइरहेका छन् ।


जेनजीका नाममा फरक समूहको फरक वक्तव्यले उनीहरूको आन्दोलनबाट उत्पन्न राजनीतिक शून्यता लम्बिएको छ । आन्दोलन बिस्तारै तमासामा परिणत हुन थालेको भन्दै आलोचना र चिन्ता बढेको छ । कुनै संगठन, संरचना वा नेतृत्वको नाम नभएका यस्ता समूहको आधिकारितामाथि सेनाले प्रश्न उठाएको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply