You are currently viewing कप्तान इन्दु र पूर्वकप्तान रुबिनाको अर्धशतकीय साझेदारीमा नेपालद्वारा मलेसिया पराजित ( भिडियोसहित )

कप्तान इन्दु र पूर्वकप्तान रुबिनाको अर्धशतकीय साझेदारीमा नेपालद्वारा मलेसिया पराजित ( भिडियोसहित )

२१ असोज, काठमाडौं । कप्तान इन्दु बर्मा र पूर्वकप्तान रुबिना क्षेत्रीको अविजित अर्धशतकीय साझेदारीमा नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियासँगको चौथो खेलमा जित हासिल गरेको छ ।

Photo : CAN

मंगलबार विहान सम्पन्न खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको हो । मलेसियाले दिएको ११२ रनको लक्ष्य नेपालले १५ बल बाँकी छँदा ४ विकेटको क्षतिमा पूरा गर्‍यो ।कप्तान इन्दु ३९ बलमा ४८ रनमा अविजित रहिन् । रुबिनाले २३ बलमा २३ रन बनाइन् । नेपालको ५४ रनमा ४ विकेट गुमेपछि इन्दु र रुबिनाले अविजित ६१ रनको साझेदारी गरे ।

मलेसियाकी नुर दानिया स्युहादा, आइना हमिजा र माहिरा इजातीले १-१ विकेट लिए । एकजना ब्याटर रनआउट भइन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ५ विकेट गुमाएर १११ रन बनाएको थियो । मास एलिसाले अविजित ५६ रन बनाइन् । माहिराले १८ तथा नुर दानियाले १५ रन बनाइन् ।नेपालकी कविता कुँवरले ४ ओभरमा १० रन मात्र दिएर ३ विकेट लिइन् ।कविता म्यान अफ दी म्याच पनि चुनिइन । पूजा महतो र कविता जोशीले १-१ विकेट लिए ।

Photo : CAN

नेपाल यसअघि पहिलो खेलमा ३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटको जीत निकालेको थियो । त्यस्तै तेस्रो खेलमा १३ रनले पराजित भएको थियो । योसँगै ५ खेलको शृंखला २-२ को बराबरीमा आएको छ । शृंखलाको अन्तिम तथा निर्णायक खेल भोलि हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply