You are currently viewing चितवन राइनोजले मार्की खेलाड्री कुशल मल्लसहित ६ खेलाडीलाई गर्यो रिटेन /@ChitwanRhinos /@KushalMalla

चितवन राइनोजले मार्की खेलाड्री कुशल मल्लसहित ६ खेलाडीलाई गर्यो रिटेन /@ChitwanRhinos /@KushalMalla

असार ९,धनगढी : चितवन राइनोजले नेपाल प्रिमियर लिग ( एनपिएल ) को दोस्रो संस्करणका लागि अलराउन्डर कुशल मल्लसहित ६ खेलाडीलाई रिटेन गरेको छ। उनलाई पुनः मार्की खेलाडीको रूपमा रिटेन गरेको चितवनले जनाएको छ । कुशलको कप्तानीमा चितवनले पहिलो संस्करणमा प्लेअफसम्मको यात्रा तय गरेको थियो ।

चितवनले कुशलसहित रिजन ढकाल, दीपक बोहरा, अमरसिंह रौउटेला, कमलसिंह ऐरी र गौतम केसीलाई रिटेन गरेको हो । त्यस्तै राइनोजले शरद भेषवाकर,दिपेश श्रेष्ठ, बिपिन रावल,सन्तोष कार्की,रञ्जीत कुमार र ट्यालेन्ट हन्टबाट छनोट भएका खेलाडी सलाउद्दिन खानलाई रिलिज गरेको हो ।

 

चितवन राइनोजले सार्वजनिक गर्यो एनपिएल दोस्रो सिजनका लागि आफ्नो रिटेन्ड र रिलिज खेलाडीको सूची!
✅ रिटेन्ड खेलाडीहरू
✨ मार्की खेलाडी: कुशल मल्ल
ग्रेड A: रिजन ढकाल, कमलसिंह ऐरी
ग्रेड B: दीपक बोहरा, अमरसिंह रौटेला
ग्रेड C: गौतम केसी
❌ रिलिज भएका खेलाडीहरू
ग्रेड A: शरद भेषवाकर
ग्रेड B: दिपेश श्रेष्ठ, बिपिन रावल
ग्रेड C: सन्तोष कार्की, रञ्जीत कुमार
ट्यालेन्ट हन्ट खेलाडी: सलाउद्दिन खान

नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि मिनि अक्सन हुनुअघि टोलीहरूले खेलाडी रिटेन र रिलिज थालेका हुन् ।यसअघि सुदूरपश्चिम रोयल्सलेले राष्ट्रिय टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, इशान पाण्डे र नरेन साउँदलाई रिटेन गरेको थियो ।

 

नेपाल क्रिकेट संघ क्यानको आयोजनामा गतवर्षदेखि सुरु भएको नेपाल प्रिमिय लिग ( एनपिएल ) ले पहिलो संस्करणमै वाहिवाही कमाएको थियो । ठूला नाम भएका विदेशी खेलाडी,विश्वप्रसिद्ध स्पोर्टस च्यानल स्टार स्पोर्टसबाट प्रत्यक्ष प्रसारण,लोकप्रिय कमेण्टेटर,झकिझकाउ टियु मैदान लगायतका आकर्षणले एनपिएलको पहिलो संकरण नै शानदार भएको थियो । क्यानले दोश्रो संकरणको एनपिएलको छिट्टै घोषणाको तयारी पनि थालेको छ ।

Leave a Reply