You are currently viewing जेन जी आन्दोलनले सुदूरपश्चिमका भौतिक संरचनामा ठूलो क्षति भयो : मुख्यमन्त्री शाह

जेन जी आन्दोलनले सुदूरपश्चिमका भौतिक संरचनामा ठूलो क्षति भयो : मुख्यमन्त्री शाह

भाद्र ३१,धनगढी : गत भाद्र २४ गतेको भएको जेन जी आन्दोलनले देशभरीमा झै सुदूरपश्चिमका विभिन्न सरकारी कार्यालयहरुमा पनि ठूलो क्षति पुगेको मुख्यमन्त्री कमल बहादुर शाहले बताएका छन । आज सुदूरपश्चिम सरकारका मातहतका मन्त्रालय र अन्य सरकारी कार्यालयको क्षतिबारे मुख्यमन्त्री मन्त्री शाहले अनुगमन गरेका थिए। ‘जेन जी’ आन्दोलनको दुखदायी घटनाले सबै दुखित भएका भएका छन्, भौतिक संरचनामा भएको क्षतिले सेवा प्रवाह गर्न कठिनाई भएकोले सबै मिलेर जति सक्दो छिटो सेवा दिने प्रयासमा रहेको मुख्यमन्त्री शाहले बताए।

“तपाई हामी मिलेर कसरी यी समस्याहरु समाधान गर्न सक्छौँ भनेर सबैले लाग्नु पर्ने मुख्यमन्त्री शाहले बताए । देश विषम परिस्थितिमा भएता पनि कार्यालयहरु छिटो भन्दा छिटो सञ्चालन गर्न संयन्त्रहरु खटाइएको जानकारी दिएका छन् ।”

मुख्यमन्त्री शाह, मन्त्री, कर्मचारी र सञ्चारकर्मी लगायतको सिङ्गो टोलीले धनगढीमा रहेका मन्त्रालय, प्रदेश सरकार मातहतका कार्यालय र अन्य सरकारी कार्यालयको क्षतिबारे अनुगमन गरेको छ। अनुगमनका क्रममा सेवा प्रवाह गर्न सबै कार्यालयले तदारुकता देखाएता पनि केही समय लाग्न सक्ने देखिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले भने अति आवश्यक सेवा भदौ २९गते बाटै सुरु गरेको छ ।

यस्तै अन्य केहि कार्यालयले केही दिन पछि सेवा दिन सक्ने बताएका छन्। यातायात, जिल्ला अदालत लगायत केही कार्यालयमा भने एक महिना भन्दा बढी समय लाग्न सक्ने अनुमान गरिएको छ। यो अवस्थामा मुलुक पुनर्निर्माण गर्न सबैले आ–आफ्नो तह र तप्काबाट सहयोग गर्न मुख्यमन्त्री शाहले आग्रह गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply